दमक/उदयपुरको ताप्ली गाउँपालिका ४ पोखरीस्थित कच्ची सडकमा शनिबार ( गएराती) लहानबाट लखनडाँडा तर्फ जादैं गरेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु हुनका साथै तीन जना घाईते भएका छन ।
बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा भएको दुर्घटनामा घटनास्थलमै मृत्यु भएको हो भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् ।
सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । घाईतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ ।

 

Facebook Comments Box