दमक/आफ्नै श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रेमा बस्दै आएका ४५ बर्षीय ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाउले घाँटीमा काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो । घरयासी बिबादका कारण सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।