दमक/झापाको दमकमा प्रभावकारी युवा समुहले आज ( शुक्रबार) दृष्टिबिहिन ७ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समुहमा आवद्ध युवाहरुले स्वतस्फूर्त रुपमा संकलन गरेको सहयोग रकमबाट प्रत्येक परिवारलाई एक महिनाका लागि न्यूनतम खाद्यान्न राहत स्वरुप प्रदान गरेको हो ।
सौरभ भट्टराईको अध्यक्षतामा रहेको सो समुहका कोही पनि सदस्यहरुले गरेको सहयोग हस्तान्तरणमा आफू सहभागी भएर तस्विर नखिचाउने पनि संस्थागत निर्णय गरेका समुहमा आवद्ध बिद्यार्थी नेता रोशन भण्डारीले जानकारी दिए ।

स्वयंसेवी युवाहरुको सो समुहले दमकका युवा व्यवसायीद्धय महेन्द्र खडका, महेश घिमिरेले पनि प्रोत्साहन स्वरुप सहयोग प्रदान गरेका बताइएको छ । सो समुहले आज दमकका ७ जना दृष्टिबिहिनहरुको घर घरमै पुगेर चामल, तेल, दाल, नुन लगायतको खाद्यन्न सामग्री हस्तान्तरण गरेका सो समुहमा संलग्न भण्डारीले बताए । यस अघि सो समुहले दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका बृद्धबृद्धाका लागि पनि सोही प्रकृतिको सहयोग गरेको थियो ।

Facebook Comments Box