दमक/ बुधबार दिनभरी दमकबासी धेरैलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने ध्याउन्न थियो । नगरपालिका परिसरमा राजनीतिक नेतृत्वदेखि जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मी, कर्मचारी सबै बृद्धबृद्धालाई कोरोना विरुद्धको खोप लगाउने कार्यमा कुनै न कुनै रुपबाट खटिएका देखिन्थे । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका विरुद्ध भ्याक्सिन लगाएर आफनो ज्यानको स्वास्थ्य सुरक्षा खोजिनु स्वभाविक थियो तर झापाको दमकका केही युवाहरु भने कोरोनाको यो महमारीमा आफनो ज्यानको प्रवाह नगरी बाटोमा हिंडने भुस्याहा कुकुरको सेवामा लागेका देखिन्थे ।


उनीहरुको यो काममा दमकमा नाम चलेको राना उपचार सेवाले भरपुर सहयो गर्यो । पशु चिकित्सक पवन राना दमकमा उदाउँदा युवाहरुको समुहद्धारा सञ्चालित क्यारिङ हेण्डस नामक संस्थाको अगुवाईमा दमक चोक, बजार क्षेत्र हुँदै बेलडाँगी सम्म बाटोमा भेटिएका झण्डै २ सय कुकुरलाई एलर्जी विरुद्धको इन्जेक्सन लगाउन खटिए । सो संस्थाका अध्यक्ष प्रज्वल अधिकारीले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने – कुकुर पनि प्राणी भएकाले सबै प्राणीको जिवन उत्तिकै महत्वपूर्ण हो भन्ने सोचेर कुकुरलाई खाना खुवाउने र प्राथमिक उपचार स्वरुप इन्जेक्सन लगाउने काम गरियौं । अध्यक्ष अधिकारीका अनुसार क्यारिङ हेण्डसले कोभिड १९ विरुद्ध सामाजिक काम गर्न छुट्टै हेल्प डेस्क सञ्चालन गरिरहेको छ । सो हेल्प डेस्कका तर्फबाट दमकमा आज पहिलो पटक यस किसिमको पशु सेवा लक्षित कार्यक्रम गरिएको हो । संस्थाको सो अभियानमा उपाध्यक्ष सञ्जय साह, प्रवक्ता रोहन घिमिरे, सल्लाहकार कमल गैरे लगायतको समुह सक्रिय रुपमा खटिएको थियो ।

Facebook Comments Box