प्रहरी पोष्ट तोडफोडको आरोपमा पाँच जना पक्राउ

Author Nishkarsha News
२०७८ जेष्ठ २५, मंगलवार २०:३५

दमक/ धरान उपमहानगरपालिका–१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड गरेको घटनामा संग्लग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।


गत जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्ये २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन । प्रहरीले हिजो सोमबार सोही घटनामा संलग्न ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बुलाई धनकुटाको छथरपोखरी–४ बाट पक्राउ गरेपछि आज (मंगलबार) एकसाथ उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय मार्फत सार्वजनिक गरिएको हो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्