दमक/झापाबाट खाद्यन्न बोकेर ताप्लेजुङ तर्फ जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान त्यस तर्फ जाँदै गरेको भ्यान हिलिहाङ ७ टारी स्थित मेची लोकमार्गमा दुर्घटना भई सडकबाट एक सय मिटर तल खस्दा भएको दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्र१–०१– ००१ च ७६९१ नम्बरको पिकअप भ्यान अचानक सडकबाट खसेर भएको दुर्घटनामा चालक ताप्लेजुङ पाथिभरा याङबरक गापा वडा नं २ का ३० बर्षिय मिलन बिष्ट र सोही भ्यानमा सवार २४ बर्षिया सिता अधिकारीको घट्नास्थलमै मृत्यु भएको हो ।

 

Facebook Comments Box