दमक/ आइतबार रातीदेखि हराइरहेकी झापाको गौरीगञ्ज १ होक्कलबारीकी १२ बर्षिया एक बालिका मृत फेला परेकी छिन । स्थानीय चुदुर मुर्मकी छोरी सरिता मुर्मु आज ( सोमबार) बिहान करिब सवा ६ बजे घरको पछाडी पट्टीको बलामा गाम्छाको पासो लागेर झुण्डिएको अवस्थामा भेटिएकी हुन ।

उनी राती करिब ७/८ बजेदेखिनै घरबाट एक्कासी हराएकी थिइन । उनी मावली घरतिर जान सक्ने सम्भावना आंकलन गरेर बसेका परिवारका सदस्यहरुले खोजी गर्ने क्रममा बिहान आफनै घरको पछाडी पट्टीको बलामा झुण्डिएको अवस्थामा उनलाई मृत भेटेर स्थानीय कुञ्जीबारी प्रहरी चौकीमा खबर गरेका थिए ।  राती पनि परिवारले उनको खोजी गरेको देखिन्छ – प्रहरी स्रोत भन्छ ।
घरहरुमा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरिक्षक ध्रुव नारायण श्रेष्ठले झुण्डिएको अवस्थामा भेटिएकी उनको मृत्युको थप कारणहरु बारे सुक्ष्म अनुसन्धान भइरहेको बताए । बालिकाको शव पोस्टमार्टमका लागि दमक अस्पताल ल्याइएको छ ।

Facebook Comments Box