दमक/मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् ।


१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ का मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको मोटरसाईकल घरबाटै चोरी भएको थियो । चोरीको घटनापछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट गरिएको खोजतालसका क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारेको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न अन्य ६ जना आ–आफ्नै घरबाट पक्राउ परेका हुन । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

Facebook Comments Box