दमक / १२ वर्षमा खोला फर्किन्छ भन्ने उखान सुनेका झापा कमल गाउँपालिका वडा नं ५ को उत्तरी क्षेत्रका बाढी पीडितको आशा सरकारको अदुरदर्शीताले खोसि दिएको छ ।
२०४० साल देखी २०५० सम्ममा पटक पटक झापाको कमल गाउँपालिका ५ साविक लखनपुर १ मा रहेको चाँजु खोलाले मधुमल्ला ६, ङ को नक्शा बमोजिम ४५ घरको करीब ७२ विघा जग्गा खोलाको कटानका कारण बगरमा परिणत भएको थियो ।
उखानमा जस्तो १२ बर्ष नभएर २०  वर्ष बिति सक्दा खोला फर्किएला र खोला पसेको आफ्नो जग्गाबाट खोलोले धार परिवर्तन गर्ला भन्ने आशा गर्दा गर्दै यो वडाका बाढी पीडितको  त्यो आशा पनि वन क्षेत्र मासेर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजनाले खोसिदिएको हो ।


खोलाले भएको सबै जग्गा लगे पछि विस्थापित बनेका बाढीपिडित कोही नजिकै रहेको रतुवा माइ विक्षरोपण आयोजनाको जमिनमा आश्रय लिएर बसेका थिए त कोही आफ्ना आफन्तकहाँ आश्रय लिएर बसेका बाढी पीडित परिवार मध्येका एक अमर निरौला बताउँछन । आफ्नो भएको जग्गा जमिन सबै गुमाए पछि, कहिले खोलाले छोड्ला र जोत भोग गर्न पाइएला भने आशामा आफुहरु बसेपनि बाढी पीडितको आशामाथि अब चाँजु खोलाको उत्तर तर्फ साधुहोली सिमसार तथा पर्यटकीय क्षेत्र बनाउने योजनाका कारण तुसारापात भएको निरौला बताउँछन ।
गाउँपालिकाले चाँजुखोलाको उतर पट्टी रहेको साधुहोली लाई साधुहोली सिमसार तथा पर्यटकीय क्षेत्र बनाउन लागेको र पर्यटकीय क्षेत्र बनाउँन गाउँपालिकाले चाजु खोलाको उतर तिर खोलामा बाँध बनाउन सुरु गरे पछि, खोलाले लगेको जमिनमा अब कहिल्यै पनि ननिस्कने भए पछि आफूहरु थप पीडित बनेको उनले बताए । खोलामा तट बन्धन गर्नु अघि आफूहरुले गाउँपालिकालाइ आफूहरुको नम्बरी जग्गा तिर खोला आउने गरी तट बन्धन नलगाउन अनुरोध गरेको स्मरण गर्दै पीडितहरु भन्छन– तर हाम्रो आवाज कसैले सुनिदिएन । गाउँपालिकाले आफूहरुका कुरा वास्तानै नगरि बाँध निर्माण गरेकोले आफूहरु अन्यायमा परेको अर्का पीडित नारायण अधिकारीको गुनासो छ ।

आफूहरुले सो योजनाको विरोध गर्नुपर्ने कुनै कारण नभएको तर यहाँ खोलालाई अझै बस्ती तिर धकेल्ने गरी बाँध लगाउनु आश्चर्यजनक भएको उनीहरुको बुझाई छ । पर्यटकीय क्षेत्र बनाउँदा साधुहोलीको संरक्षणका लागि होलीको सीधा बाँध लगाए हुनेमा, खोला बस्तीमा पस्ने गरी बाँध लगाइनुले सो क्षेत्रका बाढी पीडित बासिन्दाप्रति सम्बन्धित निकाय पूर्वाग्रही भएको बुझन त्यति असहज छैन ।

गाउँपालिका स्रोतका अनुसार त्यहँँ सरकारले बनाउन लागेको पर्यटकीय स्थलका लागि ५० लाख रुपैयाँ बराबरको काम भइरहेको छ । तर यता खोलाले जग्गा लगे पनि कुनै दिन निस्केला भन्ने आशामा सरकारलाई नियमित कर समेत तिर्दै आएका बाढी पीडितहरु स्थानिय सरकारले उचित न्याय दिनुको साटो सधैका लागि खोला आफ्नै जग्गा तर्फ धकेल्न लागि पर्नु दुखद भएको बताउँछन ।

 

Facebook Comments Box