दमक/दमकका दृष्टिबिहिन ६ परिवारलाई चेरी क्लब दमकले घर घरमै पुगेर नगदसहित खाद्यन्न राहत वितरण गरेको छ । क्लबले निषेधाज्ञा तथा कोरोनाका कारण आर्थिक रुपले विपन्न दृष्टिबिहिन परिवारमा परेको समस्यालाई मध्यनजर गर्दै बुधबार( आज) घरघरमै पुगेर राहत प्रदान गरेको हो ।  क्लबका अध्यक्ष बबरजंग थापा, पूर्व अध्यक्ष उमाकान्त आचार्य, किवानिज क्लबका अध्यक्ष रवि केसी, चेरी क्लबका प्रवक्ता मुकुन्द उप्रेती , क्लबका सदस्य तथा दमकका व्यवसायी श्याम लम्साल, उमाकान्त ढुंगाना सहितको समुहले घर घरमै पुगेर राहत प्रदान गरेको हो ।

Facebook Comments Box