छविराज ढकाल
पथरिशनिश्चरे / जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको जनाउँदै जिल्लामा जारी निषेधाज्ञको समायावधी थप्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार ( १७ गते ) निषेधाज्ञाको समय सकिनु अगावै पुनः अर्को सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गर्नु भएको हो यसैबिच , नगरमा कोरोना संक्रमणको जोखिम रहि रहेकाले यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय गरिएको छ ।
नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको साेमबारकाे बैठकले अघिल्लाे निर्णयलाई निरन्तरता दिँदै अर्काे सूचना नभएसम्मका लागि औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय भएको हो । नगर उपप्रमुख एवम् समन्वय समिति सहसंयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले कोरोना संक्रमित नगरवासीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बैठकले, जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले जेठ १७ गते राती १२ बजेदेखि जेठ २४ गते राती १२ बजेसम्मका लागि थप गरेको निषेधाज्ञा आदेश पालना गर्न प्रचार प्रसार गर्दै अनुगमन् गर्ने र त्यसको उल्लंघन गरेको पाइए प्रहरी प्रशासनबाट आवश्यक कारबाही समेत गरिने पनि निर्णय गरेको छ ।सबै वडामा निषेधआज्ञाको अनुगमन गर्न प्रहरी प्रशासनकाे सक्रियतालाई निरन्तरता दिने समेत निर्णय गरिएको छ । हालसम्म नगरमा २ सय ३ जना संक्रमित मध्यें ७६ जना निको भएका छन् भनें १० जनाको मृत्यु भएको छ । नगर अस्पतालको आइसोलेनमा हालसम्म ११ जना आएमध्ये २ जना रेफर र ५ जना उपचाररत रहेकाे बताइन्छ । यसै क्रममा सेविका मेडिकलका प्राेप्राइटर भूमिकाप्रसाद श्रेष्ठले आइतबार नगरपालिका कार्यालयमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितकाे उपस्थितिमा नगद सहयाेग प्रदान गरेका छन् । संक्रमितको उपचारका क्रममा आइसोलेसन काम चाहिने आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि २० हजार ५सय ५५ रुपैंयाँ प्रदान गरेका हुन्। हाल नगरमा विभिन्न संघ संस्था तथा व्यक्तित्वले यसखालकाे मानवीय सहयोग प्रदान गर्ने शिलशिला बड्दै गइरहेको छ ।