दमक/चिकित्सा शिक्षा ऐन र नियमावलीलाई कुल्चिदै विर्तामोडस्थित बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रियाप्रति लिम्बुवान भोलेन्टियर्सको केन्द्रिय नेतृत्वले आपत्ती जनाएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध भोलेन्टियर्सले एउटा प्राइभेट अस्पताललाई जुनसुकै प्रकृयाबाट सम्बन्धन दिने सरकारको नियत ठिक नहुने जनाएको हो । भोलेन्टीयर्सका केन्द्रिय सिनियर उपकमाण्डर गणेश मिभक लिम्बुले विज्ञप्ती जारी गर्दै २०७३ साल यता बि एण्ड सीले आशयपत्र नविकरण नगरेको हुँदा सो कलेज स्वत कानुनी हैसियतबाट बाहिरी सकेको पनि जिकरि गरिएको छ । विज्ञप्तीमा सरकारको जोडबलमा नियमावली मिचेर अस्पताललाई कलेजको सम्बन्धन दिएमा भोलेन्टियर्सले त्यसको प्रतिवाद गर्ने चेतावनी पनि दिइएको छ । प्रधानमन्त्रीले आयोगको निर्णयलाई मिचेर यहि जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएर आयोगका पदाधिकारीलाई पेलेरै जबर्जस्ती सम्बन्धन दिने प्रकृयामा आफैं संलग्न हुनु निन्दनीय भएको पनि भोलेन्टीयर्सको ठहर छ ।
संचालक प्रसाईले कोरोना महामारीको बेला अस्पतालमा सबैभन्दा उत्कृष्ट सुविधा दिने भन्दै कोभिडका बिरामीलाई २ लाख रुपैयाँ धरौटी राख्नेले मात्र उपचार पाउने समेत बताएको हुँदा सेवाभन्दा पनि नाफामुखी अस्पतालको रुपमा सो अस्पताल सञ्चालनमा रहेको पनि सो संगठनले दाबी छ ।

 

Facebook Comments Box