दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधिन दमक अस्पताललाई अत्याधुनिक बनाइने बताएका छन । दमक बहुमुखी क्याम्पसमा बन्ने ८ करोड लागतको पक्की भवन भवनको आज ( शुक्रबार) भर्चुअल माध्यमबाट शिलान्यासका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दमक अस्पतालमा आइसियुसहितको सेवा प्रदान गर्ने गरी अक्सिजन प्लान्टको समेत स्थापना गरिने बताएका हुन ।
भर्चुअल माध्यमबाट गरिएको शिलान्यासमा प्रधानमन्त्री ओलीले कोरोना विरुद्ध दडन हरेक व्यक्तिले सावधानी अपनाउनु पर्ने पनि उल्लेख गरे । उनले भने– हामी खोप ल्याउँछौं र सबै नागरिकलाई खोप लगाउँछौं ।
८ करोड रुपैंयाको लगानीमा दमक बहुमुखी क्याम्पसमा २४ वटा कोठाका चारवटा ब्लक निर्माणका लागि शिलान्यास गरिएको हो । सो काम समयमै सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई प्रधानमन्त्रीले विशेष आग्रह समेत गरेका छन् ।