दमक/ सुनसरीको कोशी गाउँपालिका– ८ स्थित सप्तकोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजे कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका मोरङको सुन्दरहरैचाका ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै सकुसल उद्धार गरेको हो ।

उद्धार गरिएका ति व्यक्तिलाई उपचारका लागि ईनरुवा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सो बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Facebook Comments Box