दमक/मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हिजो साँझ कानेपोखरी ५ शान्ति चोकमा ट्रयाक्टरको ठक्करबाट कानेपोखरी २ केरौनका ३२ बर्षिय दिलिप चौधरीको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साँझ करिब ६ बजे चौधरीले चलाएको को ३७ प ३७६९ नम्बरको मोटरसाइकललाई को २ त ९८५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा राती करिब ८ बजे मृत्यु भएको हो । दुर्घटना गराउने ट्रयाक्टरका चालक तत्काल फरार भएकाले खोजी भइरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।