करेन्ट लगाएर माछा मार्दा ज्यानै गयो, दुई जना प्रहरीको नियन्त्रणमा

Author Nishkarsha News
२०७८ जेष्ठ १०, सोमबार ०९:१५

विर्तामोड/झापाको अर्जुनधारा ११ स्थित रेखा खोलामा करेन्ट लगा माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सो ठाउँका ३८ बर्षीय धनेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको बीएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले तामाङसंग गएका दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम स्थायी घर भई सो ठाउँमा बस्दै आएका ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्