मोरङ / विराटनगर १७ मटेरुवा चौकबाट प्रतिबन्धित लागूऔषधसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छिन् ।

शनिबार राती ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डायलेकस – डीसि ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS –४३२ चक्कीसहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।