दमक/पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका मोरङको पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारेका युवक मृत भेटिएका छन । मोरङको कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका २७ बर्षीय विनोद पाण्डेको शव अहिले भर्खरै पोखरीमा फेला परेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार डुबेर वेपत्ता भएका पाण्डेको शव माछा पोखरीमा बिहान करिब १० बजे भटिएको हो । ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा स्थानियको सहयोगमा उनको शव भेटिएको हो ।

 

Facebook Comments Box