दमक/मोरङको पथरी शनिश्चरे वडा नं ८ मंगलबारेका एक युवक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका छन । २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
शनिबार बेलुका ६ बजे कानेपोखरी ६ मा रहेको हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबेर उनी बेपत्ता भएको खबर प्राप्त भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ईलाका प्रहरी कार्यालय पथरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

त्यसैगरी भोजपुरको अरुण गाउँपालिका वडा नं ७ का २४ बर्षीय युवराज अधिकारीलाई नदिले बगाएर बेपत्ता बनाएको छ । शनिबार राती १२ बजे उनी सोही ठाउँको नसुवा र अरूण नदीको दोभानमा माछा मार्ने क्रममा अरूण नदिले बगाएर उनी बेपत्ता भएका हुन । उनी ९÷१० जना साथीहरुसंग माछा मार्न त्यहाँ गएका प्रहरी चौकी जरायोटारले जनाएको छ ।

 

Facebook Comments Box