दमक/विघटित संघीय संसद सदस्य एवं कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुले झापा क्षेत्र नं ५ का कोरोना संक्रमितहरुलाई अस्पताल सम्म लैजाने–ल्याउने प्रयोजनका लागि निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेकी छिन ।


नेतृ लिम्बुले आफना पिता प्रजातन्त्रका सेनानी स्. मुगाधन राई र कृष्णकुमारीको स्मृतीमा स्थापना गरेको मुगाधन कृष्णकुमारी स्मृति प्रतिष्ठानद्धारा सञ्चालित एम्बुलेन्सको निशुल्क प्रयोगको घोषणा गरेकी हुन ।
आफू छातीमा समस्याका कारण अस्वस्थ्य रहेकाले काठमाडौंमा नै उपचाररत रहेकी नेतृ लिम्बुले सञ्चारकर्मीहरुसंग कुरा गर्दै कोरोना महामारीबाट जोगिनुनै अहिलेको निर्विकल्प उपाय भएको पनि बताएकी छिन । आफूले विगतमा यस क्षेत्रमा चुनावमा प्रत्यक्ष उम्मेदवार हुँदा झापा क्षेत्र नं ५ का सर्वसाधारण नागरिकहरुले देखाएको माया र सदभावको स्मरण गर्दै यो संकटको घडीमा थोरै भएपनि आफना माता पिताको स्मृतिमा सहयोग गर्न पाउनु आफना लागि सन्तुष्टिको बिषय भएको उनको भनाई छ ।

 

Facebook Comments Box