दमक/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट २४ घण्टा समेत समय नदिई भोली (शुक्रबार) ५ बजे सम्ममा सरकारमा दाबी गर्न प्रतिनिधि सभा सदस्यहरुलाई भएको आव्हानप्रति गम्भिर आपत्ती जनाएका छन ।


प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहेका नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अति छोटो समय राखेर गरिएको यो आव्हानलाई संसद विघटन गर्ने षडयन्त्र भएको आरोप समेत लगाएका छन ।
राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न गरेको आह्वान लगत्तै आफनो फेसबुक वाल मार्फत प्रतिक्रिया दिदैं पौडेलले भनेका छन – राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।
पूर्व सभामुख समेत रहेका नेता पौडेलले सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन रहेको स्मरण समेत गराएका छन । उनले भनेका छन – एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।
यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न प्रतिनिधि सभा सदस्यहरुलाई आव्हान गरेपछि नेता पौडेलले त्यसप्रति कडा आपत्ती जनाएका हुन ।
प्रधानमन्त्री ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकामा उनले सो व्यवस्था बमोजिम विश्वासको मत माग्न नजाने निर्णय गरेपछि त्यसप्रति पौडेलले शंका गरेका हुन ।
छोटो समय भएकाले कसैले पनि सरकार बनाउने आधार पेस गर्न नसक्ने अवस्था छ । यसो हुँदा नयाँ सरकार बन्ने छैन । त्यसो भएमा प्रतिनिधिसभा स्वतः भंग हुनेछ र मुलुक नयाँ निर्वाचनमा प्रवेश गर्ने छ ।

Facebook Comments Box