काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले भोली (शुक्रबार) ५ बजे सम्म संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न प्रतिनिधि सभा सदस्यहरुलाई आव्हान गरेकी छिन ।
प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले वर्तमान सन्दर्भमा विश्वासको मत पाउने आधार नदेखिएको भन्दै उपधारा ५ बमोजिमको सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेबमोजिम नयाँ सरकारका लागि प्रक्रिया थालिएको हो ।
प्रधानमन्त्री ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकामा उनले सो व्यवस्था बमोजिम विश्वासको मत माग्न नजाने निर्णय गरेका हुन ।
अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा जो सदस्यले बहुमत सदस्यको समर्थन रहेको आधार पेस गर्न सक्छ उसैलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।
तर, आधार पेस गर्न नसकेमा नयाँ सरकार बन्ने छैन । त्यसो भएमा प्रतिनिधिसभा स्वतः भंग हुनेछ र मुलुक नयाँ निर्वाचनमा प्रवेश गर्ने छ ।

Facebook Comments Box