दमक/झापामा थप एक साता पूर्ण निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको जिल्ला स्तरीय समितिको बैठकले कोरोना संक्रमण बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि १ जेठदेखि जारी निषेधाज्ञालाई आगामी १४ जेठ सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले काँकरभिट्टा बाहेकका सबै सीमानाकाहरु बन्द राखिने पनि निर्णय गरेको छ । काँकरभिट्टा नाकाबाट समेत विदेशीको आवागमन रोक्ने तर अति आवश्यक सामानहरुको आपूर्तिका लागि सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड भित्र रहेर सञ्चालन गर्न भने पाइनेछ । यो निर्णयले दैनिक उपभोग्य तथा कतिपय अत्यवश्यक बस्तुहरुको आपूर्ति निरन्तर रहन सहज हुनेछ ।
बैठकले खाद्यन्न , माछा मासु, तरकारी, फलफूल आदि सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघसंगको समन्वयमा होम डेलिभरी गर्न सकिने छ । त्यस्तै बिकास निर्माणका सामग्रीहरु पसल नखोली स्थानीय तह र वाणिज्य संघसंगको समन्वयमा निश्चित समय भित्र गोदामबाटै उपलब्ध गराउन सकिने पनि निर्णय भएको छ ।
