दमक/दमकका सामाजिक तथा व्यवसायी युवा व्यक्तित्व हेमसागर अधिकारी र चिरन न्यौपानेले आफनो जन्मदिनमा गरिने फजुल खर्च एक जना मिर्गौला पीडित बिरामीको उपचारमा सहयोग गरेका छन ।
दमक ५ निवासी गोरखा गहना भण्डार प्रालिका सञ्चालक तथा पाउ पाथीभरा निर्माण कम्पनीका कोषाध्यक्ष अधिकारी र युवा व्यवसायी न्यौपानेले कूल २१ हजार रुपैयाँ रकम मिगौला पीडित आशिष खनाल बचाउ अभियानमा सहयोग गरेका हुन ।

अधिकारी लायन्स क्लब दमक लखनपुरका तत्कालिन अध्यक्ष एवं इलेक्ट जोन चियर पर्सन हुने भने न्यौपाने लायन्स क्लब दमक गोल्डका सदस्य हुन । सो रकम सहयोगीद्धयले मिर्गौैला पीडित दमक ५ का आशिषका बुबा धर्मानन्द खनाललाई आजै हस्तान्तरण गरेका छन । अधिकारीले जन्मदिनमा फजुल खर्च नगरी बिरामी तथा विपन्न वर्गलाई सहयोग गर्न पाउदा आफूलाई सन्तुष्टी मिलेको प्रतिक्रिया दिएका छन ।