खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजे अचानक रोडबाट २० मिटर तल खसेर दुर्घटना हुँदा खोटाङ रावावेशी–४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी ट्याक्टरका चालक र सह–चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाईएको छ ।