मोरङ/ मोरङको रङगेली नगरपालिका–३ तिलुवा चौकस्थित नहरमा आज बुधबार बिहान मृत फेला परेकी एक महिलाको उनकै देवर १९ बर्षीय बिनोद यादवले गरेको पाईएको छ । सो आरोपमा यादव पक्राउ समेत परेका छन् ।
आज बिहान साढे ७ बजे रङगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै देवर बिनोदसहितको संग्लग्नतामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि विनोदलाई प्रहरीले पक्राउ गरेको हो । मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । घटनाका बिषयमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।