दमक/ काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई मातृशोक परेको छ ।
दमक ८ का स्थायीबासिन्दा डा. अधिकारीकी आमा नर्वदा अधिकारीको आज साँझ करिब ६ बजे निजी निवास दमकमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय अधिकारी मुटु तथा दम रोगबाट पीडित हुुनुहुन्थ्यो । स्व. अधिकारीका ६ छोरा मध्ये हाल ४ जना डम्बरु अधिकारी, डा. भेषराज अधिकारी, डा. चन्द्रमणी र डा. चन्द्रप्रसाद अधिकारी हुन । स्व. अधिकारीको भोली ( बुधबार ) कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।