दमक/ दमकका अस्पतालहरु अहिले कोरोना संक्रमितले भरिभराउ छन । पहिलो चरणमा एक बर्ष अघि देखा परेको कोरोना भाइरसको संक्रमणका बेला दमकको सरकारी अस्पताल दमक अस्पताल र सामुदायिक अस्पताका रुपमा रहेको आम्दा अस्पताल बाहेकले कोरोनाको लक्षण भएका सामान्य ज्वरोका बिरामी उपचारका लागि लिदैनन थिए ।

यस पटक भने प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई संक्रमितको उपचार खर्चमा अनुदान दिने भएपछि दमकका निजी अस्पतालहरुको पनि ध्यान संक्रमितको उपचारका लागि गएको हो । अहिले दमकका अधिकांश अस्पतालहरु कोरोना संक्रमणका बिरामीले भरिएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सरकारी अनुदान लिनका लागि निजी अस्पतालहरुले पूरा गर्नुपर्ने मापदण्डहरु समेत सरकारले तोकेको छ ।

तोकेको मापदण्ड पूरा गरेका निजी तथा सामुदायिक अस्पतालले प्रदेश सरकारसंगको सम्झौता अनुसार संक्रमितको उपचार खर्चमा सोझै निश्चित अनुदान पाउने व्यवस्था गरेको जनाइएको छ । यहाँका सरकारी तथा सामुदायिक अस्पतालहरुमा हाल उपचाररत बिरामीको संख्या ८६ जना रहेको छ । ति मध्ये ९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।  यो समाचार तयार पार्दा सम्म यहाँको सामुदायिक अस्पतालका रुपमा रहेको आम्दा अस्पतालमा सबैभन्दा धेरै २५ जना संक्रमितको उपचार भइरहेको छ । सो अस्पतालमा झापा जिल्ला बाहिरका संक्रमितहरु समेत ठुलो संख्यामा छन । त्यस्तै सरकारी स्वामित्वमा रहेको दमक अस्पताल कोभिड उपचार केन्द्रमा २१ जना, एडभान्स अस्पतालमा २२ जना र लाइफलाइन अस्पतालमा १८ जना संक्रमित उपचाररत छन ।
आजै दमकका दुई जना महिलाको मृत्यु
यसैबीच मंगलबार ( आज) एकैदिन दमकका दुई महिलाको संक्रमणका कारण मृत्यु भएको छ । दमक ५ की ३५ बर्षिया र दमक ८ की ६२ बर्षिया महिलाको उपचारका क्रममा आजै बिहान मृत्यु भएको हो । बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दमक नगरपालिका वडा नं ८ की तामाङ गरकी ६२ वर्षिया महिलाको समेत मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । यससंगै दमकमा संक्रमित मृतकको संख्या १० पुगेको छ । ति मध्ये ६ जना महिला छन ।

 

Facebook Comments Box