दमक/दमकमा क्रियाशील सामाजिक संस्था असहाय मानव सेवा समाजले काँकडभिट्टास्थित हेल्प डेस्क ( सहायता कक्षमा विभिन्न खाद्यन्न सामग्री प्रदान गरेको छ ।


कोरोना महामारीका कारण विशेष गरी भारतबाट घर फर्किने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपाली नागरिकहरु तथा नेपालबाट भारततर्फ फर्किने सर्वसाधारणहरुलाई लक्षित गरेर स्थापना गरिएको हेप्ल डेस्कमा आवश्यक सहायता सामग्री प्रदान गरिएको हो ।
सो संस्थाले आज ( शनिबार) १० कार्टुन चाउचाउ ,१० कार्टुन बिस्कुट र १० कार्टुन पिउने पानी प्रदान गरेको असहाय मानव सेवा समाजकी उपाध्यक्ष सजु बुढाथोकीको नेतृत्वमा कोषाध्यक्ष सीता उप्रेती र सदस्य श्याम तिम्सिनाले संयुक्त रुपमा हेल्प डेस्कका प्रतिनिधि भोला थापालाई ति सामाग्री हस्तान्तरण गरेका थिए ।


सीमा पारीबाट नेपाल तर्फ घर फर्किँदा सो स्थानमा कोरोना परिक्षण गर्ने गरिएको र रिपोर्ट नआएसम्म सडक किनारमै पर्खिनुपर्ने बाध्यता भएका कारण सर्वसाधारणहरु नेपालको प्रवेशद्धारमा पर्ने समस्यालाई मध्यनजर गर्दै काँकरभिट्टामा हेल्प डेस्क सञ्चालनमा छ । यस अघि असहाय मानव सेवा समाजले भोकालाई भोजन अभियान, असहाय महिला तथा सडक बालबालिकाहरुको उद्धार गरेर मानव सेवा आश्रममा पुरयाउने जस्ता सामाजिक काम गरेको थियो ।

 

Facebook Comments Box