दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूले पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्री मण्डल विरुतार गरेका छन् ।
विस्तारित ओली मन्त्री मण्डलमा यस अघिकै मन्त्रीहरु पुरानै जिम्मेवारीमा रहेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बिहीबार प्रतिनिधिसभाको ठूलो दलको नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी लिएका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी तोकिएको छ । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार शपथ लिएका हुन् । हेर्नुहोस मन्त्रीमण्डलको नामावली

