दमक/ जिल्ला प्रशासन कार्यालय झापाले भोली ( शुक्रबार ) मध्यरातीदेखि लागू हुने गरी निषेधाज्ञामा थप कडाइँ गरेको छ । कोरोना संक्रमण तिब्र गतिमा फैलिएपछि आज ( बिहिबार) जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जेठ ७ गते सम्मका लागि बाहिरी हिंडडुलमा कडाइँ गरिएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्धारा हस्ताक्षरित आदेशमा औषधी उपचारका कामबाहेक कुनै पनि उद्धेश्य लिएर बाहिर हिंडडुल गर्न निषेध गरिएको उल्लेख छ । आदेशमा बैंक तथा वित्तीय संस्थाहरुलाई सातामा दुई दिन मात्रै कार्यालय खोल्न पनि भनिएको छ । यस अघि बिबाह, ब्रतबन्ध जस्ता काममा संख्या तोकेर गर्न सकिने व्यवस्था गरेकोमा सर्वत्र त्यसको विरोध भएको थियो । (हेर्नुहोस प्रजिअद्धारा जारी आदेश जस्ताको तस्तै )
