दमक/ कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि झापाको दमक नगरपालिकाले आगामी १ जेठ ( शनिबार) देखि लागू हुने गरी पूर्ण रुपमा बन्द गर्ने तयारी गरेको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज ( बिहिबार ) बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । उनका अनुसार १ गतेदेखि दमकमा कुनै पनि पसल / व्यवसाय, हिंडडुल आदि बन्द गरिएको छ । वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्नेछन ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन । दमकको अवस्था दिनानुदिन चिन्ताजनक भएपछि यस किसिमको कडाइँ गर्ने अवस्था सिर्जना भएको नगर उपप्रमुख गीता अधिकारीको भनाई छ ।