प्रदेश एकका घटनामा दुई नाबालकको मृत्यु, आगलागीमा चौपाया मरे

Author Nishkarsha News
२०७८ बैशाख २७, सोमबार १७:५८

दमक/  प्रदेश एक अन्तर्गतका विभिन्न जिल्लामा सोमबार भएका अलग अलग घटनामा दुई नाबालकको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरीका अनुसार ताप्लेजुङ मेरिङदेन गाउँपालिका २ शान्थाक्राका १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको हो । आज दिउँसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव–बेश निर्माणको लागि मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा निर्माणाधिन बाटोमा ढुङगा ओसार्ने क्रममा ढुङ्गा झरेर लाग्दा बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
त्यसैगरी मोरङ रंगेली नगरपालिका ९ बेदमारीमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही ठाउँको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मियाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो । त्यसैगरी आजनै
मोरङ बुढीगंगा गाउँपालिका ६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आगोलागि हुँदा गोठ सहित ७ वटा बाख्रा र एउटा गाई जलेर मरेका छन ।
गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्