शिवसताक्षी/ शिवसताक्षीमा होम आइसोलेसनमा बसेका एक जना ७५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढका कोरोना संक्रमितको शनिबार साँझ मृत्यु भएको वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए ।
तीन दिन अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनी हामे आइसोलेसनमा रहेकै बखत उउनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी चिल्लागढ निवासी हुन् । स्रोत – साझा मञ्च