दमक/ दमकमा सहित झापामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने थप १८९ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमक ८ की ८३ बर्षिया बृद्धाको संक्रमणका कारण मृत्यु भएको हो ।

त्यसैगरी विर्तामोड ५ की ६६ बर्षिया महिलाको पनि आजनै मृत्यु भएको छ । यससंगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४७ र सक्रिय संक्रमित संख्या १ हजार ३ सय ७५ रहेको स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । दमकमा मात्रै आज १० महिलासहित कूल २५ जना नयाँ संक्रमित थपिएका छन ।

Facebook Comments Box