दमक / विभिन्न नाममा संगठित भएका पौड्याल बन्धुहरुको एकता र हितका पौडेल वंश महासंघ गठन भएको छ ।
पौड्याल वंश संग सम्बद्ध संस्थाहरुको चितवनस्थित देवघाटमा १ असारमा सम्पन्न प्रतिनिधिमुलक राष्ट्रिय सम्मेलनले पौड्याल वंशोद्धार केन्द्रिय समिति दमकका अध्यक्ष लोकनाथ पौडेल ९ झापा० को अध्यक्षता र पूर्व सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा महासंघको आंशिक केन्द्र्रिय समिति चयन गरेको हो ।
यस अघि गत मसिंर २७ मा मोरङको विराटचोकमा आयोजित पौडेल बन्धुहरुको महायज्ञमा पौड्याल कुल वंश संस्था समन्वय समिति २०७५ गठन गरेको थियो ।
सो समितिले सबै पौडेल सम्बद्ध संघ संगठनहरुबीच पौडेल वंश महासंघ गठन गर्ने भनि गरेको निर्णयका आधारमा सो राष्ट्रिय सम्मेलन गरिएको पौड्याल वंशोद्धार केन्द्रिय समितिका महासचिव युवराज पौडेलले जानकारी दिए ।
सो राष्ट्रिय सम्मेलनले महासंघको वरिष्ठ उपाध्यक्षद्धयमा काँस्कीका हरीराम पौडेल र चितवनका शालिग्राम पौडेल, महिला उपाध्यक्षमा मोरङकी बालिका पौडेललाई चयन गरेको छ ।
त्यसैगरी सातवटै प्रदेशबाट एक ÷एक जना उपाध्यक्ष समेत चयन गरिएको छ । जस अनुसार प्रदेश नं १ बाट विजय पौडेल, २ बाट मेघराज पौडेल, ३ बाट दिपक पौडेल, ४ बाट भरतराज पौडेल , ५ बाट हरिलाल पौडेल, ६ बाट कृष्णप्रसाद पौडेल र ७ बाट कृष्णभक्त पौडेललाई चयन गरेको छ ।
त्यसैगरी महासचिवमा महेन्द्र पौडेल ९ चितवन० , सचिवमा उद्धव पौडेल सुनसरी, सहसचिवमा शालिग्राम पौडेल रुपन्देही , कोषाध्यक्षमा राम प्रसाद पौडेल काठमाडौं र सहकोषाध्यक्षमा याम प्रसाद पौडेल कञ्चनपुर चयन भएका छन् ।
पौड्याल वंश सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखिय सहभागितामा सो सम्मेलन सम्पन्न भएको बताइएको छ । पौडेल वंश महासंघ गठन भएपनि यस अघि देश विदेशमा क्रियाशील रहेका सबै पौडेल संग सम्बन्धित प्रतिष्ठान, संघ, संगठन, समाज आदिको अस्तित्व कायमै रहने र महासंघमा तिनको प्रतिनिधित्व सधैं हुने ग्यारेन्टी पनि सम्मेलनले गरेको आयोजकले जनाएको छ । अहिले गठन भएको महासंघका पदाधिकारीहरुसहित ६१ सदस्यीय केन्द्र्रिय सदस्यहरुको केहि साता भित्र चयन गरी महासंघको केन्द्रिय समितिलाई पूर्णता दिइने जनाइएको छ ।
