दमक ३ की संक्रमित सुत्केरीको मृत्यु

Author Nishkarsha News
२०७८ बैशाख २४, शुक्रबार ०९:४८

दमक/ झापाको दमक ३ की एक जना कोरोना संक्रमित सुत्केरीको विराटनगरमा मृत्यु भएको छ । आठ दिनकी सुत्केरी ति ३३ बर्षिया महिलाको आज बिहान कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यससंगै दमकमा दोश्रो चरणको कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ । यस अघि बिहिबार दमक २ का ५२ बर्षिय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो । गएराती गौरादह ४ की एक महिलाको पनि दमकस्थित एडभान्स अस्पतालमा मृत्यु भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्