दमक/पर लैजाउ फुलहरु…..घुम्तीमा नआउ है जस्ता चर्चित गीत गाएर नेपाली गीत संगित क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्व गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाण्डौको सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसो प्रधानको निधन भएको हो ।

बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उनलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो १ः४५ बजे प्रधानलाई हृदयाघात भएको बताइएको छ । उ बेला निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । प्रधानको विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोकको चौतारामा प्रधानको जन्म भएको थियो ।

Facebook Comments Box