उदयपुर/  त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीको कुटाईबाट उनका भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ ।
गत वैशाख २० गते राती ८ बजे सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भएको थियो ।

सो क्रममा कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संलग्न पुलकितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box