दमक / नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका छन ।  कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको उल्लेख गरेका हुन । बिहीबर सामाजिक सञ्जालमा लेख्दै कोइरालाले प्रश्न गर्नु भएको छ, ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’

प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने कोइरालाको चेतावनी पनि छ ।  पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो।

Facebook Comments Box