दमक । हिजोदेखी पुन संचालनमा आएको दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका चार जना मध्ये दुई जना थप उपचारका लागि  बिएण्ड्सी अस्पताल बिर्तामोड रेफर गरिएका छ्न । उपचाररत एक महिला र एक पुरुषको उपचारका लागि रेफर गरिएको दमक अस्पतालकी सूचना अधिकारी देबी दङालले जानकारी दिइन । त्यस्तै सो केन्द्रमा आज थप दुई जना नयाँ सङ्क्रमित उपचारका लागि भर्ना भएका छ्न । सो उपचार केन्द्र दमक अस्पताल अन्तर्गतको कोभिड बिशेषका रूपमा संचालित रहेको छ । सङ्क्रमितहरुलाई अस्पतालमा आएर निशुल्क उपचार सेवा लिन दमक नगरपालिकाले आव्हान गरेको छ । नगरपालिका प्रबक्ता तथा सो केन्द्रकी संयोजक गीता अधिकारीले त्यहाँ ३० बेड क्ष्यमताको कोभिड बिशेष उपचार केन्द्र २४ घण्टा सन्चालनमा रहेको जनाएकी छिन ।

Facebook Comments Box