झापा/  झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थित बायु ग्याँस कोइला फ्याक्ट्रिमा अहिले आगलागी भइरहेको छ ।
विद्युत सर्ट भएर आलगाली भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । अहिले त्यहाँ इलाका प्रहरी कार्यालयधुलाबारी र प्रहरी चौकी ज्यामिरगढी र शसस्त्र प्रहरीको टोली परिचालित भएको छ। मेचीनगर नगरपालिका, बिर्तामोड नपा, मोरङको उर्लाबारीको दमकलले आगो निभाइरहेको छ। बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। त्यहाँ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।   (आयोमेलबाट)
Facebook Comments Box