दमक/ दमकमा सञ्चालित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिकोत्सव मनाएको छ । संस्थाको कार्यालयमा शुक्रबार एक सक्षिंप्त कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।


कोरोना संक्रमणका कारण बर्षेनी गरिँदै बिद्यार्थीलाई सहयोग कार्यक्रम यस पटक गर्न नसकेपनि संस्थाको सञ्चालक समिति र कर्मचारीहरुबीचमा शुभकामना आदनप्रदान गरेर बार्षिकोत्सव मनाइएको हो ।
स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियनका अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष इन्द्र कुमार राईको प्रमुख उपस्थितीमा संस्थाका उपाध्यक्ष सर्जु धिमाल, सञ्चालक सदस्यहरु कर्णसिङ तामाङ, बिमला कुमाल, राजेन्द्र भट्टराई, व्यवस्थापक मानबहादुर मगरसहित कर्मचारीहरु लगायतको उपस्थितीमा बार्षिकोत्सव मनाइएको हो ।

 

Facebook Comments Box