दमक/दमकमा १० सहित झापा जिल्लामा शुक्रबार एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ४ कका एक पुरुष छन । उनी भारतबाट १२ वैशाखमा घर फर्किएका बताइएको छ ।
आज दमकमा थपिएका संक्रमितहरुमा ४ महिला र ६ पुरुष छन । दमकमा थपिएकाहरु कुन कुन वडाका हुन भन्ने जिल्ला स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको विवरणमा उल्लेख छैन ।


तर उनीहरु सबै स्थानीय भएको बताइएको छ । आज जिल्लामा थपिएका संक्रमितहरुसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३३८ पुगेको छ । यससंगै जिल्ला प्रशासन कार्यालय झापाले आइतबार मध्यरातीदेखि लागू हुने गरी जिल्लामा आंशिक किसिमको निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सर्वसाधारणका लागि अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन भनेको छ । सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न, कुनै पनि भेला, जुलुस र सभा सम्मेलन नगर्न, हाटबजार , मेला, जात्रा पर्व , पार्टी भोज तथा भिडभाड हुने कार्य नगर्न, अत्यावश्यक बाहेक १० बर्षदेखि मुनि र ६० बर्ष भन्दा माथिको उमेर समुहका तथा दिर्घरोगीलाई पनि घर बाहिर ननिस्कन भनेको छ । त्यस्तै कार्यालय सञ्चालन सम्बन्धमा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफनो कार्यालय र कर्मचारीको अवस्था हेरी माथिल्लो निकायबाट अनुमति लिई आलोपालो वा अत्यावश्यक बाहेक सबै सेवा हाललाई स्थगित गर्न पनि आदेश गरेको छ । उल्लेखित आदेश उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय झापाद्धारा आज ( शुक्रबार) जारी आदेशमा उल्लेख छ ।

Facebook Comments Box