दमक – धिमाल जातिको पर्व जात्री तथा सृजातको अवसरमा असार २ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।मोरङको उर्लाबारी नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गरी स्थानीय सार्वजनिक बिदाको घोषणा गरेको हो ।

नगर प्रमुख खड्गबहादुर फागोले सार्वजनिक बिदाको दिन नगरपालिका, वडा, शिक्षण संस्था लगायत सबै सरकारी कार्यालयमा बिदा हुने बताए ।

गत बैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट शुरू भएको जात्री असार २ गते उर्लाबारी नगरपालिका ३ मा भव्य मेला लागेर समापन हुने गर्दछ । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायले जात्री पर्व बैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गर्छन्

Facebook Comments Box