मोरङ/ मोरङको लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ –५ जोगीटारका ५१ बर्षीय सहबिर मगर रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढेर आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय लेटाङले बस र चालक पथरीशनिश्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लँुईटेललाई नियन्त्रणमा लिएको छ ।