दमक/मोरङको बेलबारी ८ चिसाङ पुलमा नम्बर नखुलेको एफजेट मोटरसाइकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट घाईते भएकी पैदल यात्री बेलबारी ९ की ८३ बर्षिया मनमाया तामाङको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । हिजो बिहिबार भएको सो दुर्घटनाका चालक फरार भएका ट्राफिक प्रहरीले जनाएको छ । तिब्रगतिका कारण सो दुर्घटना भएको बताइएको छ । त्यसैगरी मोरङको ग्रामथान ६ भित्रि कच्चि सडक खण्डमा दक्षिण बाट उत्तरतर्फ आउदै गरेको को १९ प १०५९ नम्बरको मोटरसाइकल बाटोको ड्रममा ठोक्किएर दुर्घटना हुदा चालक बुढीगंगा ७ का केशर चौधरी र सोही मोटरसाइकलमा सवार
लक्ष्मी चौधरी गम्भिर घाईते भएका छन । उनीहरुको उपचारका लागि बिराटनगर नर्सिङ्ग होम पठाइएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box