दमक/झापा दमकका स्थापित युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील ज्ञाननाथ पौडेल ( ज्ञानु) नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश अन्तर्गतको मानव संसाधन बिकास समिति सदस्यमा मनोनित भएका छन ।


दमकको व्यवसायिक तथा वित्तिय क्षेत्रमा निरन्तर क्रियाशील रहेका कमल ६ का स्थायीबासिन्दा पौडेललाई महासंघ अन्तर्गतको सो समितिमा मनोनित गरिएको हो । पौडेल यस अघि दमक उदोग वाणिज्य संघको कार्य समिति सदस्य भइसकेका छन । दमकमा लगानीकर्ताको पहिचान बनाएका उनी किचन गुडसको आइटमका थोक विक्रेता ( दमक किचन गुडसका प्रोप्राइटर हुन ) । महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकालद्धारा हस्ताक्षरित पत्रमा विरेन्द्रकुमार साह सभापति रहेको मानव संसाधन समितिको सदस्यका रुपमा पौडेललाई मनोनित गरिएको उल्लेख छ । प्रदेश एकको आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै सबै व्यवसायिकहरुको हकहित साथै संघीय, प्रदेश र स्थानीय सरोकारवालाहरुसंग समन्वय गरि काम गर्न महासंघले प्रदेश स्तरमा गठन गरेको बिषयगत समितिको सदस्यमा उनलाई मनोनित गरिएको हो ।

Facebook Comments Box