धरमपुर / झापाको शिबसताक्षी १ धरमपुरमा पुर्ण सरसफाइ सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
बिहिबार १ नम्बर वडाको नबनिर्मित कार्यलय भवनको सभाहलमा आयोजित गोष्ठी खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय चन्द्रगढी झापाको आयोजनामा सम्पन्न भएको हो ।

सबै जनता सबै दल , सरसफाइमा लगाउ पुर्ण बल भन्ने नारा रहेको पुर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गोष्ठी खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको गाउँपालिका तथा नगरपालिकाहरुमा संचालन भइरहेको बताइएको छ ।
गोष्ठीका सहजकर्ता खनेपानी तथा सरसफाई डिभिजन कार्यलय झापाकी फोकल पर्सन दिपकुमारी बस्नेतको अनुसार सो कार्यक्रमले गाउँ टोल नगर हुँदै जिल्लालाई पुर्ण सरसफाई हुन मद्धत पुरयाउने भएकोले सबै नागरिकहरु सचेत हुन आवश्यक रहेकोे बताइन ।
देशपूर्ण खुल्ला दिशा मुक्त भएसंगै सरकारले ल्याएको नयाँ अवधारणा अनुसार देशलाई पुर्ण सरसफाई बनाउनका लागि वडास्तरबाट नै सुरुवात गर्नु पर्ने सरसफाई फोकल पर्सन बस्नेतले बताइन । पुर्ण सरसफाई घोषित हुनको लागि ६ वटा सुचकको पालना गर्नु पर्ने छ । जस अनुसार चर्पीको प्रयोग ,पानीको प्रयोग सम्बन्धी सुरक्षित ब्यबहार,साबुन पानीले हात धुने बानी, खाना प्रयोग सम्बन्धी सुरक्षित ब्यबहार, सफा घर आँगन, र सफा बातावरण रहेका छन । यी सबै सुचक तथा मापदण्ड अनुसार गर्न सके पुर्ण सरसफाई हुने जनाएको छ ।
सोही अवसरमा शिबसताक्षी नगरपालिकाको १ नम्बर वडालाई पुर्ण सरसफाइ बनाउन वडाध्यक्ष सुबास राईको अध्यक्षतामा खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय समिति समेत गठन गरिएको छ । उक्त समितिको सचिबमा मेरिना कार्की , कोषाध्यक्षमा ज्योति रम्तेल सदस्यहरुमा क्रमश धर्मकला चौहान, भिमबहादुर सुनुवार, बिराट किराँती,खड्ग बहाुर नेम्बाङ,भुवानसिह सेन्दाङ ,केदार कार्की,हरीमया आचार्य र महेन्द्रकुमारी भुजेल रहेका छन ।