गोविन्द ल्वागुन
शिबसताक्षी/ शिबसताक्षी ८ डुडामारी देखि हवलदार चोक जोड्ने सडक अन्तरगत शेर्मा चौक देखि बिकास चौक सम्मको सडक कालोपत्रे भएको छ । सो खण्ड कलोपत्रे भएपछि स्थानीय हर्षित भएका छन । डुडामारी देखि करिब शेर्मा चोक सम्मको सडक यस अघि नै कालोपत्रे भईसकेको छ । अहिले शेर्मा चोक देखि दक्षिण बिकास चोक सम्म करिब ७ सय ५० मिटर सडक कालो पत्रे भएको हो ।
ग्लोबल कन्सट्रकसन ललितपुरले सडक निर्माणको काम गर्ने भएको छ । ३७ लाख १० हजार २सय १३ रुपैया भ्याट सहित निर्माण गरिने उक्त सडक ५.५ मिटर चौडाइको रहेको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश साँवाले बताए । उनका अनुसार सडक स्टीमेटमा भएको मापदण्डमा रहेर निर्माण गरेको र सडक कालोपत्रे कामको गुणस्तरमा कुनै सम्झौता नहुने समेत बताए ।

यता स्थानीयबासीहरु समेत कालोपत्रे कामको गुणस्तर मापनमा अनुगमन गरिरहेको बताएका छन । ढिलो गरेर बनेको सडक लामो समय सम्म नबिग्रियोस भनेर नै अनुगमन गरिरहेको स्थानीयहरुले बताएका छन । प्रदेश सरकारको प्रदेश समपुरक कोष मार्फत निर्माण भएको सडक ०७८ असार १० सम्ममा सम्मन्न हुने सम्झौता भएको भए पनि सम्झौता मिति अगावै सम्पन्न भएको हो ।
यो सडक यस नगरको दक्षिणी भेगको कुञ्जिबारी जोड्ने सबै भन्दा छोटो दुरीको सडक भएता पनि कालोपत्रेको लागि यतीका बर्ष कुर्नु परेको स्थानीयबासीहरुको भनाई छ । जनप्रतिनिधि निर्बाचित भएर आए पछि बिकास निर्माणले धेरै फड्को मारेको भए पनि यो क्षेत्र भने बत्ति मुनिको अँध्यारो जस्तै बनेको थियो । यो सडकमा किस्ता बन्दीमा कालो पत्रेको काम हुन थाले पछि भने केहि राहत महसुस भएको छ । यो सडकलाई कालोपत्रे निर्माण निरन्तरताको लागी आर्थिक बर्ष ०७८/०७९ को बजेटबाट पुन ५० लाख बिनियोजन भएको र बिकास चौक देखि फाक्तेप हुदै दक्षिण कालोपत्रे हुने प्रदेश सभा सदस्य झलकसिह दर्लामीले बताए ।

यो सडक निर्माण भएपछि यस भेगका नागरिक खुशी भएका छन । संघीय सांसद लाल प्रसाद साँवाको पहलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत यस क्षेत्रको शिबसताक्षी २ मंगलबार्बाट पुर्ब मनकामना बोडिङ देखि उत्तर प्रगती चोक हुदै शिबसताक्षी ८ को बिकास चोक देखि दक्षिण शिबसताक्षी ७ को बालसेवा आधारभुत बिद्यालय दक्षिण हिमाली चौक हुदै हवलदार चोक पुर्ब शिबगञ्ज बजार पुर्ब नगर रिङरोड सम्म पनि कालो पात्रे सडक निर्माणको लागि २५ करोड बजेड बिनियोजन भएको संघिय सांससद साँवाले बताए ।